झलकारी बाई — गीत र कथाहरूको माध्यमबाट जीवित राखिएको किम्बदन्ती

Dalit History Month
2 min readNov 2, 2021

Translation from English to Nepali by Durga S.

Jhalkaribai, Art by Nabigal Nayagam Haider Ali

महान् झलकारी बाई एक दलित महिला योद्धा थिइन् जसले ब्रिटिस औपनिवेशिक सेना विरुद्ध १८५७ को भारतीय विद्रोहमा महत्त्वपूर्ण भूमिका खेलेकी थिइन्।

एक ग्रामीण दलित केटी भएकीले उनको कामहरूमा ज्यादातर घर वरपरका कामहरू समावेश थिए। यद्यपि, धेरै सानो उमेरमा पनि उनले असाधारण इच्छा शक्ति प्रदर्शन गरिन्। किशोरावस्थामा नै, उनी गाउँको प्रसिद्ध व्यक्ति भइसकेकी थिइन्। जङ्गलबाट आएको बाघले सानै उमेरकी झुलकारीलाई आक्रमण गर्न खोज्दा उनीले आफू उभिएकै ठाँउबाट केवल एउटा बञ्चरोले बाघलाई मारिन् भन्ने थाहा पाएपछि मानिसहरू चकित भएका थिए।

उनीको बहादुरीका कार्यहरूले उनको करियरलाई झाँसीको सेनाकी रानी लक्ष्मी बाईमा तल्लो दर्जाको सिपाहीको रूपमा स्थित गर्‍यो। यद्यपि, उनी चाँडै नै रानीको विश्वसनीय सल्लाहकारहरू मध्ये एक बन्न पुगिन्। युद्धको चरम विन्दुमा, उनले आफूलाई रानीको भेषमा राखिन्, उनको लागि आफ्नो जीवन जोखिममा राखिन्, रानी सट्टामा लडाई लडिन् र रानी स्वयंलाई सावधानीपूर्वक हानिको बाटोबाट बाहिर निस्कन अनुमति दिइन्। यही कुराका लागि उनी सबैभन्दा प्रसिद्ध छिन् । यद्यपि, लक्ष्मी बाई सँग-सँगै लडाईको विश्लेषण र रणनीति बनाउनेमा उनले के मुख्य भूमिका खेलेकी भन्नेमा कमै मात्र स्वीकार गरिएको छ।

उनीले आफ्ना बहादुर महिला कार्यकर्तालाई बेलायती शिविरमा नेतृत्व गर्दा उनी बेलायती सेनाका जनरलका लागि सम्म पनि भयावह थिइन्। उनलाई भेटेर, उनले भनेका थिए, “यदि एक प्रतिशत भारतीय महिलासम्म पनि झलकारी जस्तै भएका भए ब्रिटिसले धेरै छिटो भारत छोड्नुपर्ने हुन्थ्यो।”

आधिपत्यवादी शक्तिहरूले झलकारी, उदा देवी र महाबिरी जस्ता दलित औपनिवेशिक विरोधी वीराङ्गनाहरू (योद्धा नारीहरू) को नाम र कथनलाई हडप्दै र विकृत गर्दै आइरहेका छन्, तर झलकारी जस्ता नारीहरूको सच्चा महत्त्व उत्तर प्रदेशको बुन्देलखण्ड क्षेत्रका उनीका मानिसहरूद्वारा गीत, कथा र लोक नाट्यकलाको परम्पराहरूको माध्यमबाट श्रद्धापूर्वक व्यक्त भएका छन्।”

--

--

Dalit History Month

Redefining the History of the Subcontinent through a Dalit lens. Participatory Community History Project