दलित ईतिहास मनाउँदै : फूलन देवीको शक्ति

अनुषा चैतन्य

Translation from English to Nepali by Shreya Pokharel

दलित इतिहासमा आज हामी बहुजन क्रान्तिकारी फूलन देवीलाई सम्झन्छौँ ।

फूलन किशोरावस्थामा हुँदा उनको इच्छाविपरीत विवाह भएको थियो । अपमानजनक विवाहबाट भाेर र महिलाहरूका लागि सबै पितृसत्तात्मक मान्यताहरूलाई त्याग गर्दै, उनी डाँकाहरूको गिरोहमा सामेल भइन् । त्यसपछि उनले उत्पीडित जातिहरूको हितमा लड्ने एक सतर्क न्यायदाताको रूपमा लोकप्रियतामा आइन् । यस अवधिमा, उनले प्रभावशाली जाति पुरुषहरूबाट क्रूर यौन हिंसाको अनुभव गर्नुपर्यो। केही समय पछि उनी फेरि फरार भइन् र यसपटक भने उनले आफूमाथि आक्रमण गर्ने सबै २२ प्रभावशाली जातिहरूलाई मारेर बदला लिइन्। यस कार्यले क्षेत्रभर स्तब्ध छालहरू ल्यायो। उनले के गरिन् भन्ने प्रश्न उठ्न सक्थ्यो होला तर फूलन एक उत्पीडित जनताका लागि न्यायको अवधारणाको पुन.आविष्कारक होइनन् भन्ने कुरामा कोही पनि दुई मत थिएनन्। महिलाहरूले उनको बारेमा अचम्मका कुरा गरे। तिनीहरूको सन्दर्भ उनको बारेमा सुरुमा त चुपचाप कानेखुसीमा हुन्छ, तर पछि चर्को नारा र गीतहरूमा समाप्त हुन्छ .

अपराधका मुद्दाहरू आए र गए । उनले कुनै अभियोग नलागी नै ११ वर्ष जेल बसेकी थिइन् । केही दयालु राजनीतिज्ञको सिफारिसमा उनीविरुद्धका सबै मुद्दा फिर्ता लिइयो। अर्को वर्ष, उनी आफ्नो निर्वाचन क्षेत्रबाट चुनावमा उभिएकी थिइन् र प्रशंसनीय रूपमा विजयी भइन् । उनी छिटै संसद सदस्यको रूपमा सेवा गरिरहेकी थिइन् ।

उनको लोकप्रियताको फाइदा उठाउन, उनको कथाको धेरै संस्करणहरू गलत तरिकाले प्रस्तुत गरियो । यसमा द ब्यान्डिट क्वीन जस्ता फिल्म समावेश छ जसले धेरै पैसा कमाउनुका साथै राष्ट्रिय, अन्तर्राष्ट्रिय पुरस्कारहरू जित्यो र फिल्म निर्माताहरूको कामको प्रशंसा भयो । तर फूलनले त्यस फिल्मलाई स्पष्ट रूपमा स्वीकार गरिनन्। उनले आफ्नो बलात्कारको प्रतिनिधित्वलाई घृणा गरिन् जुन उनले स्पष्ट रूपमा निषेध गरेकी थिइन्। फूलनले त्यस फिल्म निर्मातालाई अदालत लगिन् । न्यायाधीशले चलचित्रमा प्रतिबन्ध लगाउन आदेश दिए । धम्कीको महसुस गर्दै भएपनि ब्राह्मण निर्देशक, शेखर कपुरले झूटो सनसनी फैलाएर आफ्नो फिल्म बेच्न जारी राखे । फूलनले उनीहरूलाई अदालतमा लगेकाले होइन, भारतीय राज्यले प्रतिबन्ध लगाएको भन्दै उनले दाबी गरे। पश्चिमा, उदारवादी र वामपन्थी सम्भ्रान्तहरूले यी कथा किने।

यो र अन्य घटनाहरूले फूलनलाई अम्बेडकरवादी राजनीतिको बारेमा अझ बलियो ज्ञान दियो। उनले सन् १९९५ मा दीक्षाभूमिमा औपचारिक रूपमा बौद्ध धर्म ग्रहण गरेकी थिइन् ।

तर मानिसहरू उनको लोकप्रियता हटाउन उत्सुक थिए। सन् २००१ मा उनी संसद सदस्य हुँदा नै उनको आक्रमणकारीका परिवारले उनको हत्या गरेका थिए। तर फूलनको अतुलनीय र बेजोड भावना कायमै छ। उनी बहुजन नारीवादीकी प्रतिमा र हरेक नयाँ पुस्ताका अनगिन्ती युवाहरूको लागि प्रेरणा बनिरहेकी छिन्।

Redefining the History of the Subcontinent through a Dalit lens. Participatory Community History Project