बलदेव राम — विद्रोहदेखि परिवर्तनसम्म

Translation from English to Nepali by Durga S. You can find the original in English here.

(१९५०–२०१७)

Haatemalo Collective (आपसी ऐक्यबद्धता)द्वारा

नेपालको सप्तरी जिल्लामा बसोबास गर्ने दलित समुदायहरू मध्ये एक चमारले भूमि विहिनत र सामाजिक बहिष्कारको सामना गर्छ। मुख्यतया गाईवस्तुको शवको छाला निकाल्ने कामको कारण झा, मिश्र, तिवारी, ठाकुरराजपुतद्वारा प्रतिनिधित्व गर्ने “उच्च” जाति समुदायले चामारहरूका लागि जीवन र मर्यादाको आफ्नो अधिकारको आकांक्षा र कल्पना गर्ने कुनै पनि सम्भावनालाई नष्ट गरे। चमारहरूलाई अमानवीय परिस्थितिमा श्रम गर्ने बनाउँदै जातीय व्यवस्थाले यस्ता दबाव र प्रतिबन्धहरूलाई सामान्य बनाउन सहायता गरेको छ। यो सामान्यीकरण यस्तो हदसम्म व्यापक थियो कि यसले चामरहरूलाई उनीहरूको अर्थव्यवस्थाको समझलाई प्रभाव पार्ने ऋणको लागि उच्च ब्याज दर लगाइएको थियो। “उच्च”-जातले यस्ता अलगावबाट लाभ उठायो जबकि चमार जनताका लागि छाला काट्ने कामको मतलब पीडा, दुर्व्यवहार र हिंसा थियो। चमारका सदस्यहरूलाई अमानवीय मात्रै होइन, उनीहरूलाई अपराधिकरण पनि गराइयो र समुदायलाई फाइदा पुर्‍याउन सक्ने अन्य कार्यहरूका लागि अयोग्य भएको रूपमा हेरियो।

सन् १९५० मा मधेस क्षेत्रको सप्तरीको मधुपट्टीमा जन्मिएका बलदेव राम तल्लो जात भनिएको चामार समुदायका थिए । सानै उमेरदेखि उनले विद्रोह, सामाजिक मूल्य र मान्यताको विरुद्ध र आफूले देखेका र महसुस गरेका सामाजिक भेदभावका मामिलाहरूको बारेमा आवाज उठाएका थिए। कमजोर आर्थिक अवस्थाबाट गुज्रिँदै गर्दा बलदेवले सार्वजनिक विद्यालयबाट कक्षा ७ सम्मको शिक्षा पूरा गरे। उनलाई मरेको बाछो उठाउन भनिएको घटनाबाट प्रभावित भएर उनले विद्यालय छोड।

“मलाई किन मरेको बाछो उठाउन भनिएको थियो? न त त्यो बाछो मेरो थियो वा त मैले त्यसलाई मारेको नै थिएँ!”

यस्ता प्रश्नहरूबाट विचलित भएर, उनले जातीय व्यवस्था र यसका यसको अनेकौँ अभिव्यक्तिहरू बारेमा थप बुझ्ने निर्णय गरे। “उच्च” जातीय परिवारहरूका स्वामित्वमा रहेको २ बिघा (हेक्टर) खेतमा कृषि मजदुरको रूपमा काम गर्दा माधव विक्रम राणा, बलदेव जस्ता र उनका परिवारलाई सधैँ कम पारिश्रमिक दिइन्थ्यो। परिवारले प्राप्त गर्ने अन्नसम्म पनि न्यून थियो। जनावरको शव व्यवस्थापनले आम्दानीको थोरै श्रोत मात्र जुटाउँथ्यो।

उनी केवल १३ वर्ष उमेरको हुँदा नै आफ्नी आमा गुमाए। उनका बुबा प्रितम दासले पुनर्विवाह गरे तापनि बलदेवले जातीय व्यवस्थाको आलोचना गर्न अन्य उत्पीडित समूहका साथीहरूसँग सामेल भएर खेतमा ज्यादा काम गर्दै आर्थिक जिम्मेवारी वहन गरे। बलदेव रामले पछि सुग्धी देवीसँग विवाह गरे र चार सन्तानका अभिभावक बने।

सन् १९४५ मा प्रजातन्त्र (प्रजातन्त्र) खोजी गर्ने नेपालको राजनीतिक अवस्थाले पनि उनको विश्व दृष्टिकोण परिवर्तन गरेको जस्तो देखिन्छ । उनको शिक्षाको कारण, उनका बुबा प्रितम दास गाउँ पञ्चायत रजिस्ट्रारको रूपमा चयन भए। सामाजिक रूपान्तरण र सामाजिक लोकतन्त्रका अन्य विचारहरूमा विश्वास गर्दै दासले अनौपचारिक दलित समूह बनाउन पहल गरेका थिए । यस समूहलाई धन्यवाद, जसले गर्दा उनका बुबाले छुवाछुत र सामाजिक भेदभाव उन्मूलनमा जोड दिनुभयो। आफ्नो परिवारको निकट रहेर, बलदेव आफ्नो बुबाको सामाजिक रूपान्तरणको विचारबाट प्रभावित भए। बलदेवका छोरा गणेश रामलाई पनि आफ्नो बुबाले सामना गर्नुपरेको चुनौतीहरूको बारेमा थाहा थियो। गणेश रामले भने, “मेरो बुबाले भूमिहीनता र श्रमसँग सम्बन्धित कठिनाइहरूको सामना गरे पनि उहाँ सधैँ सामाजिक मामिलाहरू बारे प्रश्न उठाउनुहुन्थ्यो । पछि उहाँ मरेका गाईवस्तुको छाला सङ्कलन गर्ने अपमानजनक कार्यको विरुद्धमा सङ्गठन र व्यवस्थापनमा थप संलग्न हुनुभयो।”

आफ्नो समुदायलाई असर पार्ने यस्ता सामग्रीको स्थितिको सचेतनाले बलदेव रामले यी असमान परिस्थितिहरूलाई उन्मूलन पार्ने निर्णय गरे। सन् १९९९ मा, आफ्नो समुदायको समर्थनमा, उनले सिनो प्रथा (गाईवस्तुको शव व्यवस्थापन गर्ने प्रथा) बहिष्कार आन्दोलनको नेतृत्व गरे। वैचारिक रूपमा, आन्दोलनले समानता र मर्यादालाई जोड दिँदै ‘हामी पनि तपाईंहरू जस्तै मानव हौँ, हाम्रो पनि मर्यादा छ’ भन्ने कुरामा जोड दियो। यस प्रक्रियाको क्रममा उनले गहिरो जरा गडिएको ऐतिहासिक शोषण, अन्याय र दमनलाई चुनौती दिँदै सार्वजनिक जीवनमा शिक्षा, रोजगारी र शक्ति रूपान्तरणको बारेमा जनचेतना जगाए। आफ्नो मातृभाषा मैथली प्रयोग गर्दै उनले छुवाछुत र जलस्रोतका विवाद बारे छलफल सुरु गरे। सिनो प्रथा बहिष्कार सङ्घर्ष समिति र विभिन्न दबाव समूहहरू गठन गर्दै गर्दा उनले बन्धक श्रम, भूमिहीनता र भूमि अधिकारलाई समाप्त पार्ने कारणलाई पनि समर्थन गरे र पछि दलित जनचेतना सङ्ग्राम (दलित सचेतना समिति) को घोषणा गरे। हरूवा (हली), चरूवा (गोठालो) र हलिया (हली) का लागि अधिकारको खोजी गर्दै उनले ज्याला वृद्धि गर्न माग गरे। यसले उनलाई भूमिहीन दलितहरूलाई मुक्त गर्ने अवस्था र कार्यहरूको गहिरो बोध प्राप्त गर्न अनुमति दियो।

“उच्च”-जाति समुदायले आन्दोलनलाई दबाउन कोसिस गर्‍यो। उनीहरूले पहिला सम्पूर्ण चमार समुदायलाई स्थानीय पसल र चामल मिलहरूमा उनीहरूको पहुँचलाई मात्र नभई उनीहरूको दैनिक आम्दानीको स्रोत र पानीको स्रोतबाट पनि बहिष्कृत गरे। आन्दोलनलाई अर्थहीन ठानेर र आन्दोलन असफल हुन सक्छ भन्ने मानेर उनीहरूले भ्रम र डर बढावा दिएर आन्दोलनलाई विभाजित गर्ने प्रयास गरे। राज्य प्रहरीले धेरै अभियानकर्ताहरूलाई थुनामा पनि राख्यो। आन्दोलनको अवधिमा बलदेव रामका नकट सहयोगीहरू मध्येका एक सोना लाल चौधरी अझै पनि आफ्नो समूहलाई “उच्च” जातीय समुदायबाट आएका धेरै धम्कीहरू सम्झन्छन्। सोना लाल चौधरीका अनुसार “उनीहरूले हाम्रो आवाज दबाउन गर्न सक्दो प्रयास गरे”, जसले “उच्च” जातीय समुदायको दमनकारी अभ्यासलाई संक्षेप प्रस्तुत गरे।

सबै समस्याका बाबजुद दलित समुदायहरूले आन्दोलन जारी राखे। बलदेवलाई धन्यवाद, जसले समुदायको नेतृत्वमा धेरै स्थानीय, क्षेत्रीय र राष्ट्रिय सभा, जुलुस र धर्नाहरूले उत्पीडित समूहहरूलाई एकजुट गरे।

९० को दशकमा ४०० दलितको साथमा प्रजातन्त्र र भूमि अधिकारका लागि उनको जिल्ला सप्तरीमा भएको सत्याग्रहको धर्ना पछि गएर करिब २० हजार दलित जनतालाई आशा र सपनाहरू दिँदै जुलूस परिणत भयो। उनले भेदभाव र शोषणको विरोधी भएर आफ्नो क्रोध र निराशालाई सामूहिक रूपान्तरणमा सफलतापूर्वक पुर्‍याए।

पछि आन्दोलनले नागरिक समाज र अन्य पहाडी दलित समुदायको समर्थन प्राप्त गर्‍यो। बलरामको सङ्घर्षलाई अक्सर बृहत दलित आन्दोलनसँग जोडेर मुख्यधाराका सञ्चारमाध्यमहरूले आन्दोलनको रिपोर्ट बनाए। यसै बीचमा आन्दोलनले सरकार र स्थानीय नेताहरूसँग कसैलाई पनि गाईवस्तुको शव व्यवस्थापन गर्ने कामबाट निषेध गर्ने सहमति गर्‍यो। यस सम्झौताले सामाजिक बहिष्कारलाई पनि अमानवीय रूपमा वर्गीकृत गर्‍यो। यस प्रकार, आन्दोलनले चमार जनताको सम्मान र प्रतिष्ठा सुनिश्चित गर्नमा योगदान पुर्‍यायो। यस उपलब्धिले उनलाई भूमिहीन जनताको अधिकारको लागि लड्न राष्ट्रिय भूमि अधिकार मञ्च र हरूवा चारूवा अधिकार मञ्चको संस्थापक अध्यक्ष बन्नका लागि पनि उत्प्रेरित गर्‍यो। यो संस्थामा एक लाखभन्दा बढी सदस्यहरू संलग्न छन् । वामपन्थी आन्दोलनलाई समर्थन गर्दै, बलदेवले सहरी क्षेत्रमा बसोबास गर्ने प्रबल समूहको स्वामित्वमा प्रतिस्पर्धा गर्दै श्रमिक वर्ग र दलित समूहहरूको लागि भू-स्वामित्वमा जोड दिए। पछि, यस आन्दोलनले दलित आयोगको गठनलाई पनि प्रभाव पारेको थियो, जुन किसिमको अवस्था नेपालमा पहिलो पटक सृजना भएको थियो। यस प्रकार, बलरामले नेतृत्वको गरेको दलित आन्दोलनले गाईवस्तुको शव विसर्जन बहिष्कारको माग गर्दै नेपालको बृहत दलित आन्दोलनलाई विशिष्टताको महत्त्वको बारेमा मात्र नभई त्यस्ता विशिष्ट स्थानमा आधारित मामिलाहरूले कसरी उत्पीडित जनतालाई एकताबद्ध गरेर आन्दोलनलाई बलियो बनाउन सक्छ भन्ने बारे पनि जानकारी दियो।

अनेकौँ अवरोधहरूको बीचमा उनको लचिलोपन र आन्दोलनको लागि धन्यवाद दिँदै भूमिहीन र दलित आन्दोलनमा बलदेव रामको योगदानलाई पहिचान गर्दै अम्बेडकर फाउन्डेसनले २००८ मा दिल्लीमा उनलाई अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कारले सम्मान गरेको थियो। उनी एक दर्जनभन्दा बढी राष्ट्रिय पुरस्कारबाट पनि सम्मानित भएका थिए। सन् २०१७ मा सप्तरीको सुरुङ्गा नगरपालिका, मधुपट्टी स्थित आफ्नै घरमा हृदयघातका कारण ६७ वर्षको उमेरमा उनको निधन भयो। उनका श्रीमती, दुई छोरा र दुई छोरीहरू छन् । मानिसहरूले उनलाई सप्रेम सम्झिन्छन्। दलितहरू लगायत भूमि अधिकार अभियान्ताहरूले ), अझै पनि नेपालमा भूमिहीन र दलित आन्दोलनका लागि स्वर्गीय बलदेव रामलाई उनको प्रतिबद्धता र नेतृत्वको लागि सम्मान गर्छन्।

Haatemalo Collective (आपसी ऐक्यबद्धता) हाल नेपालका विभिन्न दलित र आदिवासी जनजातिका व्यक्तिहरूको अन्तर्राष्ट्रिय टोली हो। सामाजिक न्याय र समानताका लागि दलित, आदिवासी लगायत सबै बहुजनहरूलाई एक साथ ल्याउनु हाम्रो सामूहिक दृष्टिकोण हो। जातीय व्यवस्थाको उन्मूलनको लागि काम गर्दै गर्दा, विशेष रूपमा हाम्रो उद्देश्य भनेको जातीय हिंसामा परेका पीडित परिवारहरूको लागि कोष जुटाउन दलित समर्थन संस्थाहरूसँग काम गर्दै पारस्परिक सहयोगको माध्यमबाट व्यावहारिक समर्थनमा सहयोग गर्नेु; दलित कार्यकर्ताहरू, विशेष गरी मधेशी दलित समुदायका आयोजक, कलाकार, महिला र विक्षिप्त व्यक्तिहरूलाई समर्थन गर्ने दलित अभियान्ताहरूसँग सार्वजनिक कुराकानीको माध्यमबाट दलित मामिलाहरू बारेमा छलफलहरू सिर्जना गर्नु हो। हामी कला र सङ्गीतको माध्यमबाट दलित मामिलाहरूको सचेतना जगाउने लक्ष्य पनि राख्छौँ।

सन्दर्भहरू

https://friendspeaceteams.org/baldev-who-modeled-how-to-practice-peace-in-public-life/?fbclid=IwAR3D8doyNDrDvGSfryvz3JV0GVTrppAiZUc8o-6CQIC6sJ439mZSsQAXk6Y

https://kathmandupost.com/national/2017/08/02/baldev-ram-who-fought-for-dalits-and-landless-people-dies-at-67?fbclid=IwAR2pe9Qe1dH8SRHj2S6toEFlt9Zv3mae1hbOxsVoSNznZhIFgmwWExGcnxw

https://kathmandupost.com/miscellaneous/2017/08/01/carcass-disposal-by-dalits-boycott-movement-leader-baldev-ram-passes-away?fbclid=IwAR1hJyPxowkoSCsKO-My_6ttnxU8fF0I1AHsjPCD1OPDiPX3TL0Oa3ZXRIc

https://ekantipur.com/feature/2020/02/19/158209788918238650.html

*If you would like to report an issue with this translation, please write to us here — dalithistorymonth@protonmail.com

Redefining the History of the Subcontinent through a Dalit lens. Participatory Community History Project